श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

तुलसीपुर बसपार्कमा ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामुहिक बलात्कार



दाङ । दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धामाथि बसभित्रै सामुहिक बलात्कार भएको छ ।

गए राति करिब १२ः३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।

बलात्कारमा संलग्न तुलसीपुर–१५ का पुष्कर रोका र सल्यानको कुमाख–७ का रेशम विकलाई इप्रका र बसपार्क चौकीका प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको मल्लले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ११ : ४८ बजे