श्रावण ५, २०८१ शनिबार Sun Jul 21 2024

जसपाले फेर्यो झन्डा र लोगो



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ ।

विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ ।

यसैगरी यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । पहिलेको लोगोमा मुठ्ठीसहितको हात राखिएको केन्द्रीय विभाग प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ११ : ३६ बजे