श्रावण ४, २०८१ शुक्रबार Fri Jul 19 2024

आज राष्ट्रिय सभाको बैठक बस्दै



काठमाडौं । अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

यसअघि गत असार ३१ गते बोलाइएको बैठक सूचना जारी गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो । तर, मंगलबार संघीय संसदका महासचिव डा भरतराज गौतमले स्थगित राष्ट्रिय सभाको बैठक आज बिहीबार दिउँसो १ः०१ बजे बस्नेगरी बोलाइएको जानकारी दिएका छन् ।

आजको बैठकमा विधेयक प्रमाणिकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका बारेमा जानकारी गराइने र उद्योगमन्त्री रमेश रिजालले विद्युत व्यापार विधेयक २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  १२ : ०० बजे