काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जाने भएका छन् । संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिन प्रचण्ड इटाली जाने भएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड साउन ७ गते इटाली गएर साउन ११ गते नेपाल फर्किने कार्यक्रम रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधामन्त्री प्रचण्डको भ्रमणबारे आज बसिरहेको मन्त्रिपरिषद वैठकले निर्णय गर्ने बताइएको छ ।
उक्त कार्यक्रमको लागि नेपालबाट २० सदस्यीय टोली जाने तयारी भइरहेको पनि स्रोतले जनाएको छ ।