काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिबद्ध रहेको बताएका छन् ।
बुधवार काठमाडौँमा ६१ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारबिरोधी अभियानलाई तीव्र्ताकासाथ अघि बढाइरहेको बताएका छन् । भ्रष्ट्रचार अभियानलाई साकार पार्न कानुन अनुसार दोषिलाई दण्ड र निर्दोषलाई न्याय प्रदान गर्ने विषयमा सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।
बाढी पहिरोका कारण असारमा गरिएका विकासमा दिगोपन नभेटिएकाले वर्षा यामको विकासलाई परिवर्तन गर्न आवश्यक रहेको समेत बताए ।