१ बैशाख २०८३, मंगलबार Wed Apr 15 2026

बञ्चरेडाँडामा आज पनि फोहोर फाल्न अवरोध



काठमाडौं । ककनी र धुनिबेँसीका स्थानियको विरोधका कारण सिसडोलको बञ्चरेडाँडामा आज पनि फोहोर बिसर्जनमा अवरोध भएको छ।

बञ्चरेडाँडामा फालिएको फोहोरका कारण मानवबस्तीमा जीवनयापन गर्न कठिनाई भएको र फोहोर व्यवस्थापनमा कुनैपनि सुधार नआएको भन्दै सोमबारदेखि स्थानियबासीआन्दोलित छन् ।

‘स्थानियहरुले कि हामिलाई मारिदे, कि बस्ती सारिदे’ भन्ने नारा लेखिएको पम्पलेट टागेर सडकमाआन्दोलन गरिरहेका छन् । स्थानियले जग्गा अधिग्रहणको माग राखेर सडक अवरूद्ध गरिरहेको काठमाडौं महानगरपालिकाका वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले बताए

यसअघि भएका सम्झौताको १८ बुँदामध्ये अधिकांश पूरा भइसकेकाले अहिलेको माग पूरा गर्न नसक्ने उनले बताए । उनले सिसडोलको व्यवस्थापनका लागि काम भइरहेको बताए।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १ : ४२ बजे