माघ १३, २०८१ आइतबार Sun Jan 26 2025

वृद्धि गरिएको शुल्क फिर्ता लिन अखिल क्रान्तिकारीको माग



काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले शैक्षिक शुल्क वृद्धिकोबारेमा विरोधमा उत्रिएको छ । प्राविधिक शिक्षा, तथा व्यावसायिक तालिम परिषद्को स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले शुल्क समायोजन गरेकोमा अखिल क्रान्तिकारीले आइतबार आपत्ति जनाएको हो ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले आइतबार एक विज्ञप्ति जारी गर्दै शुल्क वृद्धि फिर्ता लिन आग्रह गरेकी छन् ।

शैक्षिक शुल्क अभिवृद्धि गरेपछि विधार्थी र अभिभावक मारमा परेको भन्दै वृद्धि गरिएको शुल्क फिर्ता लिनुपर्ने अखिल क्रान्तिकारीले जनाएको छ । निजी संस्थाहरूको साँठगाँठमा पीसिएल नर्सिङमा ३१ प्रतिशत, एचएमा २१ प्रतिशत, डिप्लोमा फार्मेसीमा २५ प्रतिशत शुल्क वृद्धि फिर्ता लिई पुरानै शुल्कमा पठनपाठन गर्न माग गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ११ : ४२ बजे