माघ १३, २०८१ आइतबार Sun Jan 26 2025

परराष्ट्रमन्त्री साउद बैंकक जाँदै



काठमाडौं । विमस्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्र मन्त्री एनपी साउद आइतबार थाइल्याण्डको बैंकक जाने भएका छन् । साउद आइतबार दिउँसो एक बजे थाई स्माइल एयरवेजको जहाजबाट बैंकक जान लागेको स्रोतले जनाएको छ ।

परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’ सकेर सोमबार मन्त्री साउद नेपाल फर्कने कार्य सूची रहेको छ । बिमस्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य रहेका छन् ।

बिमस्टेक विदेशमन्त्री स्तरीय बैठकमा परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री बीच साइडलाइन वार्ता हुने जनाइएको छ । यो परराष्ट्रमन्त्री बनेपछि साउद र एस जयशंकरबीचको दोस्रोपटकको साइडलाइन वार्ता हो।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ११ : ४० बजे