सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले मधेश प्रदेशमा आर्थिक समृद्धिको लागि “सोहजन आन्दोलन“ आन्दोलनको थालनी गरेको छ । यस बहुचर्चित सोहजन आन्दोलन शुभारम्भ यही असार ३१ गते आइतबर हुने गाउँपालिकाले जनाएको।
उक्त सोहजन आन्दोललन पोषण, स्वास्थय, सौन्दर्य, वातावरण तथा आर्थिक समृद्धिको रामवाण सावित गाउँपालिकाले जनाएको छ । यस “सोहजन आन्दोलन” आन्दोलनले तराइका जनतामा आर्थिक समृद्धिको विकास हुने अध्यष राजकुमार महतो धारणा छ ।
गाउँपालिकाको यो आन्दोलनले जनतामा आर्थिक समृद्धि ल्याउने भन्दै चन्द्रनगर गाउँपालिकाका अध्यक्ष यस आन्दोलनमा लागि परेका छन् । पछिल्लो समय नेपाली जनतामा आर्थिक आयआर्जनको सम्भावनाको खोजी गर्ने बानी बसेकाले पनि सोहजन आन्दोलनले सार्थकता पाउने गाउँपालिकाले आशा लिएको छ ।
यस आन्दोलनले तराईं मधेसका नागरिकको आर्थिक उपार्जजनमा परिवर्तन ल्याउन मद्दत गर्ने भन्दै गाउँपालिका अध्यक्ष महतो फिल्डमै उत्रिएर सर्वसाधारणमा प्रोत्साहन जगाउने काम गरिरहेका छन् ।