जेष्ठ ७, २०८१ सोमबार Tue May 21 2024

प्रभु बैंकद्वारा पशुपति विकास कोषलाई १७ लाख मूल्य बराबरको गाडी हस्तान्तरण



काठमाडौं । प्रभु बैंकले फोहोर उठाउन १७ लाख मूल्यबराबरको हाइड्रोलिक गाडी पशुपति क्षेत्र विकास कोषलाई दिएको छ ।

बैंकले बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई उक्त गाडी प्रदान गरेको हो । कोषलाई वितरण गरेको गाडीको चाबी प्रभु बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले मन्त्री किराँतीलाई हस्तान्तरण गरेका हुन् ।

प्रभु बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कोषलाई उक्त गाडी प्रदान गरिएको जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ५ : ४३ बजे