३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका यात्रुहरूप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले आफूलाई दुःखी तुल्याएको जनाएका छन् । प्रधानमन्त्रीले दुर्घटनामा परी मृत्यु भएका यात्रुहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै शीघ्र र प्रभावकारी उद्धारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशनसमेत दिएका छन् ।

मंगलबार सोलुखुम्बुको लाम्जुरापासस्थित लिखुपिके गाउँपालिका–५ लम्चुराडाँडामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्याप्टेन चेतबहादुर गुरुङ र पाँचजना मेक्सिकन नागरिक छन् ।

मनाङ एयरको (एन–एमभी कलसाइन भएको हेलिकोप्टर रुखमा ठोक्किएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाका प्रत्यक्षदर्शीसमेतले दिएको जानकारीलाई उद्धृत गर्दै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले रुखमा ठोक्किएका कारण हेलिकोप्टर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको बताए।

मृत्यु हुने मेक्सिकनमा फर्नान्डो जी सिम्फुएनटेस्, स्माइल रिन्कोन, साब्ब्रिक्स गोन्जालेक्स, ओलाचुलुक्स गोन्जालेक्स र मारियाजोसे जी सेमेन्टस छन् ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  २ : ५२ बजे