माघ ९, २०८१ बुधबार Wed Jan 22 2025

चन्द्रनगरको गाउँसभा अधिवेशन सुरु, जनमुखी बजेट ल्याउने दाबी



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको गाउँसभा अन्तर्गत १३ औं अधिवेशनको दोश्रो बैठक शुरु भएको छ । आगामी आर्थिक वर्षको लागि योजना तथा कार्यक्रमका बारेमा पालिकाको नीति तय गर्नका लागि यो अधिवेशन भइरहेको हो ।

पालिकाको अधिवेशनमा आगामी आर्थिक वर्षमा कनिका जस्तो बजेट छरेरमात्रै जनताको मुल समस्या समाधान हुन नसक्ने आवाज उठेको छ । अब बन्ने बजेटले जनताका मूलभूत समस्याको सम्बोधन गरी आवश्यकतामा केन्द्रीत हुनु पर्ने सहभागी जनप्रतिनिधिहरुको मत रहेको छ ।

यसका साथै आर्थिक वर्ष २०८०–८१ को बजेटले जनमुखि र उत्पादनमुलक क्षेत्रको उन्नतिलाई केन्द्रमा राख्ने पालिका अध्यक्ष राजकुमार महतोको भनाइ रहेको छ । स्थानीय शासन ऐनले पालिकालाई स्थानीय सरकारको रुपमा स्थापित गरेको कारण पनि आम जनताको चासोभन्दा बाहिर गएर बजेट तथा नीति निर्माण नगरिने उनले दाबी गरे ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ९ : २४ बजे