३२ असार २०८३, बिहिबार Thu Jul 16 2026

आज प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।

आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वबिद्यालय बिद्येयक २०८० को सबन्धमा राष्ट्रिय सभावाट प्राप्त सन्देशसहितको बिद्येयक टेबुल हुनेछ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी केही नेपाल संसोधन गर्न बनेको बिद्येयक २०८० माथी दफावार छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन ।

साथै सो बिद्येयकमाथी छलफल भए पछि त्यसमा आएका संसोधनहरु निणार्याथ प्रस्तुत हुनेछ भने त्यस बिद्येयकलाई आजै पारित गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १ : ०१ बजे