सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर ३ बरकुर्बा एभरेस्ट युवा कल्ब नजिक गरिएको ढलान गुणस्तरहिन भएको भनी व्यापक जनगुनासो आएपछि अनुगन गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ स्थित बरकुर्बा एभरेस्ट युवा कल्ब नजिक गरिएको ढलानको विषयलाई लिएर व्यापक जनगुनासो आएपछि प्राविधिक टोलीसहित गाउँपालिका अध्यक्षले स्थलगत अनुगमन गरेका हुन् ।
प्राविधिक टोलीसहित गाउँपालिका अध्यक्षले अनुगमन गरेपछि उक्त ढलान निकै कमजोर र मापदण्ड अनुसारका नभएको पुष्टि भएको छ । ढलान तोकिएको मापदण्ड अनुसार नभएको ठहर भएपछि त्यसलाई भत्काएर फेरि ढलान गर्न निर्देशन दिएको छ ।
यसरी गरिएको तोकिएको मापदण्ड अनुसार नभएको ठहर भएपछि गाउँपालिका अध्यक्षले प्राविधिक टोलीलाई पुनः ढलान गर्न निर्देशन दिएका हुन् । गाउँपालिका अध्यक्षले कमजोर स्थानको ढालनलाई भत्काएर पुनः ढलान गराउन निर्देशन दिएको जनाएको छ ।