२ असार २०८३, मंगलबार Wed Jun 17 2026

दलको झोला बोकेर विश्वविद्यालय छिर्नेलाई रोक लगाउनुपर्छ: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्व विद्यालयमा राजनीति भागबन्डाबाट अलग राख्नुपर्ने बताएका छन्।

आज जीपी मेमोरियल कलेजले आयोजना गरेको आफ्नो १२ औं स्थापना दिवस एवं गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै दलको झोला बोकेर विश्वविद्यालय छिर्न रोक लगाउनुपर्ने बताए।

उनले राजनीतिक दलहरूले भागबन्डाकै कारणले विश्वविद्यालयको स्तर खस्केको उल्लेख गर्दै ऐन बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई निर्णायक भूमिका खेल्न आग्रह गरे।

उनले प्रधानमन्त्री प्रचण्डले चालेको भ्रष्टाचारविरुद्धको अभियान सबैको साथ भएको उनको भनाइ छ। भ्रष्टाचारविरुद्धको अभियानमा सिंगो देशको साथ सरकारलाई रहेको बताए।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ११ : २१ बजे