१० बैशाख २०८३, बिहिबार Thu Apr 23 2026

बाग्मती प्रदेश बैठक बस्दै, सहमति हुनेमा अझै आशंका



हेटौडा । बागमती प्रदेशसभाको बैठक बस्दैछ ।

प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउसो २ बजे बोलाइएको छ ।

गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०र०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ।

सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि ३ दिनका लागि स्थगित गरिएको थियो । उनीहरूको आरोप छ कि बजेट बिभेदकारी छ ।

तर, आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार प्रतिबद् रहेको देखिएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १२ : ०८ बजे