रामेछाप । रामेछाप नगरपालिकाका जनप्रतिनिधि कर्मचारी र अगुवा महिलाहरुको क्षमता विकासको लागि सञ्चालित २ दिने कार्यशाला गोष्ठिको आयोजना गरिएको थियो । महिलाहरुको क्षमता अभिवृद्धिको लागि गरिएको दुईदिने कार्यशाला गोष्ठ रामेछाप नगरपालिकामा सम्पन्न भएको हो ।
उक्त दुईदिने कार्यशाली गोष्ठीको अन्तिम दिन सहभागिहरुले यस्तो कार्यक्रम एकदमै उपलब्धीमुलक भएको बताएका छन् । सहभागीहरु कार्यक्रम एकदमै उपलब्धीमुलक भएकोले २ दिन मात्रै छोटो अवधि भएको बताएका थिए ।
यस्ता महिलाहरुको क्षमता अभिवृद्धि गर्ने काम आउँदा दिनमा अझ लामो भएदिए झन् प्रभावकारी हुने बताएका थिए । कार्यक्रममा सहभागीहरुले कानुनका कुरा, महिला हिंसाका कुरा र नेतृत्व विकास कसरी गर्ने भन्ने जस्ता विषय अत्यन्तै प्रभावकारी ढंगले सिक्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख बालकुमारी कार्की थापाले जनप्रतिनिधि भएर आउँदै गर्दा के काम गर्ने भन्ने जानकारी पनि नहुँदा कानुनमा लेखिए अनुसार काम गर्न नसकिएको होकि भन्ने भान भए पनि आगामी दिनमा कानुनको अक्षरस पालना गरेर काम गर्न आग्रह गरेकी थिइन् । अहिले नगरपालिकाले वडाहरुमा विभिन्न समितिहरु गठन गरेको र त्यो समितिले गरिरहेको कामहरुको अनुगमन गर्न जिम्मेवारी बोध गरेर काम गर्न आग्रह गरिन् ।
त्यसैगरी रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले आफूले गल्ती नगर्नु र अरुले के गरे भनेर नडराई काम गर्न आग्रह गरेका थिए । कार्यक्रमकोे समापनमा बोल्दै रामेछाप युनेस्को संगी शिक्षा कार्यक्रमकी अध्यक्ष कल्पना खड्काले समाज परिवर्तन गर्न महिलाहरुको महत्वपूर्ण भूमिका हुने भएकाले महिला जनप्रतिनिधी, कर्मचारी र समाजका अगुवा महिलाहरुलाई छानेर यो कार्यक्रम गरिएको बताएकी थिइन् ।
अध्यक्ष खड्काले जुनसुकै ठाउँमा महिला कर्मचारी, महिला जनप्र्रतिनिधीहरुमा सम्बन्ध राम्रो भए पनि एक अर्काको सहयोगबिना अगाडि बढ्न र समाज परिवर्तन असम्भव भएकाले अर्कामा सहयोगी भावना जगाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेमा जोड दिएकी थिइन् ।
खड्काले यमहिला पनि क्षमतामा पुरुष भन्दा कम भन्दै समाज परिवर्तनको लागि अगाडि बढ्न आग्रह गरिन् । कार्यक्रमको कार्यक्रमको प्रशिक्षण अन्जना अर्याल, अधिवक्ता महेश भण्डारी र रामेछाप नगरपालिकाका लेखा अधिकृत मदन सुवेदीले गरेका थिए ।
रामेछाप युनेस्को संगी शिक्षा कार्यक्रमका अध्यक्ष कल्पना खड्काको अध्यक्षता नगरप्रमुख लवश्री न्यौपानेको प्रमुख आतिथ्यता तथा नगरउपप्रमुख बालकुमारी कार्की, राष्ट्रिय भुमि आयोग सिन्धुलीका सदस्य इन्दिरा निरौला, रामेछाप नगरकार्यपालिकाका महिला सदस्य, वडा सदस्य, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत महिलाहरुको व्यापक उपस्थिती रहेको थियो ।
कार्यक्रम नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग, रामेछाप नगरपालिकाको सहकार्य र रामेछाप युनेस्को संगी शिक्षा कार्यक्रम नेपालको आयोजनामा सम्पन्न गरिएको थियो ।