माघ ८, २०८१ मंगलबार Tue Jan 21 2025

राष्ट्रिय दिवसको अवसरमा पहिला रोपिएका विरुवा नष्ट पुनः वृक्षारोपण



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर चारको संरक्षणमा पुनः वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा चन्द्रनगर गााउँपालिका वडा नम्बर ४ को संरक्षणमा एक वर्ष अगाडी रोपिएका विरुवा मर्ने, भाँचिने र नष्ट हुने गरेपछि पुनः वृक्षारोप गरिएको हो ।

अडिभिजन वन कार्यालय सर्लाहीको सहयोगमा र चन्द्रनगर गााउँपालिका वडा नम्बर ४ को संरक्षणमा एक वर्ष अगाडी रोपिएको वृक्षहरु नष्ट भएपछि पुनः वृक्षारोपण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताएका छन् ।

गाउँपालिकाले आज राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर आज पुनः वृक्षरोपण कार्यक्रम आयोजना गरेको गाउँपालकाले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ९ : २२ बजे