सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका अन्तर्गत वडा नम्बरदेखि ७ सम्मका किसानलाई सोहनलाई उन्नत जातका सोहजनका विरुवा वितरण गर्ने भएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम अनुसार त्यहाँका किसानहरुलाई उन्नत जातका सोहजनका विरुवा उपलब्ध वितरण गर्न लागेको हो ।
सो उन्नत जातका सोहजन वितरण कार्यक्रम आगामी असार १७ गते रहेको गाउँपालिकाले जनाएको छ । उक्त उन्नत जातका विरुण लिन इच्छुक किसानले गाउँपालिकाद्वारा जारी सूचनामा भनिएअनुसारको कागजातसहित आवेदन पेश गर्न जारी सूचनामा भनिएको छ ।
त्यसमा निवेदन दिनको लागि आवश्यक कागजातमा नागरिकताको प्रतिलिपी, लालपूर्जाको प्रतिलिपी र जग्गाको फोटो अथवा नक्सा निवेदनसाथ पेश गर्नुपर्ने गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।