पर्सा । वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाहरुमा वर्षा यामसँगै गर्मी बढिरहेको बेला फोहोरले दूर्गन्धित भएको छ । खासगरी महानगरपालिका वडा नम्बर ४ स्थित मेन रोडबाट डेढ÷दुई सय मिटर दूरीमै फोहोरको यो पहाड बन्दैगरेको देखिन्छ।
‘कसिङ्गर बढार्नेभन्दा पनि कार्पेटको तल लुकाउने’ कथन दर्साउने वीरगञ्जको यो दूर्दशा देख्दा मन खिन्न हुन्छ । मेयर राजेश मानसिंह श्रेष्ठले स्वच्छ सहर निर्माणमा केही सकारात्मक कदम चाले तापनि उनले अझैं वीरगञ्जलाई एउटा महानगरीय क्षेत्र नभई नगरपालिकाको रूपमा मात्र बुझेको नगरवासीको भनाइ छ ।
फोहोरको मुद्दालाई प्रभावकारी रुपले सम्बोधन गर्न मेयरले अधिक समावेशी दृष्टिकोण अपनाउनुपर्ने हुन्छ। अल्पकालीन गतिविधिहरूको साटो दीर्घकालीन समाधानको योजना बनाई काम गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ । महानगर स्थानीय क्लब र एनजीओहरू चले चल्ने नचल्ने नगरवासी बताउँछन् । जननिर्वाचित निर्वाचित प्रतिनिधिले सार्वजनिक कार्यालयको प्रमुख जिम्मेवारी बहन गर्नुपर्ने बताइन्छ । त्यसैगरी नगरवासीहरुले महानगरजस्तो सहरभित्र समावेशीता र दीगोपनाको हिसावले काम गर्नुपर्ने बताएका छन् ।
अफसोस, सफाईको विद्यमान तौरतरिका हेर्दा यो केही निश्चित बस्ती, मुख्य सडक र बजार क्षेत्रमा मात्र केन्द्रित छ। र, आवासीय क्षेत्रहरू र समुदाय उपेक्षामा परेका छन्। यो समस्या न्यूनीकरणका लागि वृहत्तर योजनाको कमी प्रस्टै देखिन्छ। उचित फोहोर संकलन केन्द्रहरू र सडक छेउमा फोहोर राख्ने ठूला टोकरीहरू नहुनु पनि वीरगञ्जमा फोहोरको समस्या बढ्नुका प्रमुख कारण हुन्।
महानगर प्रशासनले फोहोरको समस्या समाधानका लागि हरेक टोल÷मोहल्ला अनि सहरका प्रत्येक सडक छेउमा कन्टेनरको व्यवस्था गर्नुपर्ने हुन्छ । त्योसँगै फोहोर संकलनको कामलाई दिनको एकपटकमा सीमित नगरी दिनभरि नै चलाइरहनु चलाइरहनुपर्ने पनि बताइएको छ ।
महानगरलाई सफा र बस्नका लागि झनै योग्य सहर बन्न महत्वपूर्ण कदम चाल्नु पर्ने देखिन्छ । महानगरपालिकाको कार्यालयले समुदायको भलाईलाई प्राथमिकता दिँदै तत्कालै यसमा कामकारबाही अगाडि बढाउन आवश्यक रहेको देखिन्छ ।
टोलवासी, स्थानीय संघ९संस्थाहरू, स्वयंसेवकहरूले फोहोर जम्मा गर्ने र एकैसाथ मिलेर सार्वजनिक क्षेत्र सफा गर्ने चाँजोपाँजो मिलाउने उपाय अपनाउँदा पनि सहरको सरसफाईमा योगदान पुग्न जान्छ। यसले तत्कालीक सफाईमा मात्र सघाउने नभई समुदायका सदस्यहरूलाई आफ्नो वरपरको सरसफाईका निम्ति समेत जागरूक र कर्तव्यबोध गराउँछ।
यसका अलावा, रिसाइक्लिङ कार्यक्रमहरू लागू गर्दा र फोहोर विभाजन कार्य प्रबर्द्धनबाट पनि महानगरभित्र उत्सर्जन हुने फोहोर कम गर्न र सहरको सरसफाईमा सुधार गर्न महत्वपूर्ण भूमिका खेल्न सकिन्छ । वीरगञ्जवासीका लागि स्वच्छ र स्वस्थ वातावरण बनाउन सबै मिलेर काम गर्नुपर्ने आमधारणा रहेको छ । (तस्बिर : कञ्चन झाबाट साभार)