कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाको १२ गाउँसभा चलिरहेको बेला एक्कासी जनप्रतिनिधिमाथि अज्ञात समूहले साङ्घातिक आक्रमण गरेको छ । सो आक्रमणमा पालिका अध्यक्ष देवीदत्त उपाध्यक्षको हातमा, उपाध्यक्षको खुट्टामा गम्भीर चोट लागेको छ ।
त्यस्तै वडा नम्बर २ का अध्यक्ष जयप्रकाश मल्ल र ५ का अध्यक्ष प्रविन घर्तीलगायत सदस्यहरु सो घटनामा घाइते भएका छन् । त्यस्तै कार्यपालिका सदस्य दिनेश सार्कीको हात भाँचिएको छ भने वार्ड नम्बर ७ का अध्यक्ष नवराज कठायतर वार्ड नम्बर २ का सदस्य यम गिरी गम्भीर रुपमा घाइते भएका छन् ।
आक्रमणको घटनामा परी घाइते भएका उनीहरुको अवस्था बुझ्न अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरु लागिपरेका छन् । साथै घाइते जनप्रतिनिधिहरुको उपचारको पहलमा अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृत लागिरहेका छन् । गाउँसभा चलिरहेको बेला जनप्रतिनिधिमाथि आक्रमण गर्नेको प्रहरीले गरिरहेको छ ।
घटनाबाट घाइते सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरु उपचारसँगै सीघ्र स्वास्थ्य लाभको कामना कामनासमेत गरिएको छ ।