१० बैशाख २०८३, बिहिबार Thu Apr 23 2026

बागमती प्रदेशसभाको बैठक आज १ बजे बस्दै



हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार हिजो (सोमबार) बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले बागमती प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०र८१ को बजेट वक्तव्यमाथि पूर्ण छलफल गर्ने कार्यसूची तयार पारेको छ ।

यही असार १ गते बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेश सरकारका तर्फबाट आगामी आवको अनुमानित बजेट सार्वजनिक गरेका थिए ।

सोही दिन अपराह्न बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरु टेबुल गरिए लगत्तै प्रदेशसभाको अर्को बैठक असार आज लागि बस्ने गरी प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १२ : १२ बजे