२ असार २०८३, मंगलबार Tue Jun 16 2026

लोकतन्त्रको संस्थागत विकासका लागि काँग्रेस बलियो हुनुपर्छ : सहमहामन्त्री पाण्डे



बैतडी । नेपाली काँग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले लोकतन्त्रको संस्थागत विकासका लागि काँग्रेस बलियो हुनुपर्ने बताएका छन् ।

बैतडी सदरमुकाममा कार्य कतासँगको अन्तरक्रियात्मक कार्यक्रममा उनले काँग्रेसलाई बलियो बनाए मात्रै लोकतन्त्रको संस्थागत विकास हुने दाबी गरे ।

उनले भने, ‘जनताको पक्षमा काम गर्न सक्ने पार्टी काँग्रेस नै हो । त्यसैले लोकतन्त्रको संस्थागत विकास र देश विकासका लागि काँग्रेस बलियो हुनुपर्छ ।’

काँग्रेस पार्टीभित्र देखिएका कमजोरी र समस्या हटाई तल्लो तहदेखि नै बलियो काँग्रेस बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टीभित्र रहेका समस्या, कमी कमजोरी हटाएर सबैले काँग्रेस बलियो बनाउन लाग्नुपर्छ ।’

अन्तर्क्रियामा नेपाली काँग्रेस बैतडीका उपसभापति खगेन्द्रसिंह धामी, पूर्व जिल्ला सभापति नरेन्द्रसिंह थापा, जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द, जिल्ला सहसचिव दीपेन्द्रबहादुर चन्दलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १२ : १० बजे