१० बैशाख २०८३, बिहिबार Thu Apr 23 2026

प्रतिनिधिसभा बैठक बस्दै



काठमाडौं । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुने र विभिन्न संसद्ले यस कार्यालयको खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको छ ।

आजदेखि बैठकमा मन्त्रीहरूले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यको सुरुवात हुनेछ । सङ्घीय संसद् सचिवालयका अनुसार गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ ।

अहिले छलफल भइरहेको बजेटमाथिको छलफलमा सांसद्हरुले समावेसी बजेटको वितरण नभएको भन्दै असन्तुष्टि जनाइरहेका छन् । सत्तारुढ दलहरूले नै असन्तुष्टिपछि बजेटका केही बुँदा संसोधन गरेर बजेट पारित गर्ने सरकारको तयारी रहेको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ११ : १५ बजे