सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा शबरी कुटी निर्माण हुने भएको छ । नेपालमा पहिलो पटक सरकारी स्तरबाट शबरी कुटीको निर्माण हुने भएको हो । यसको थालनी चन्द्रनगर गाउँपालिकाले गरेको छ ।
शबरी माता, जसलाई मर्यादापुरुषोत्तम श्री रामजी उनको कुटीको दर्शन गरेका थिए । माता सबरीको सम्मानमा नेपालमा सरकारी स्तरबाट कुटी निर्माण गर्ने थालनी चन्द्रनगर गाउँपालिकाले गरेको छ ।
वर्तमान समाजमा मुसहर समुदायसँग जोडिएकी र प्रभु रामको महान भक्त तथा भक्तबत्सल रामबाट नवधा भक्ति प्राप्त गरेकी सो शबरी माताको कुटी निर्माणस्थल गौचरनमा रहेको छ ।
उक्त कुटी निर्माणस्थलको गाउँपालिका अध्यक्ष राज कुमार महतोले स्थलगत अनुगमन अनुगमन गरेका थिए ।