१० बैशाख २०८३, बिहिबार Thu Apr 23 2026

एमाले अध्यक्ष ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।

उनीहरूबीच सोमबार बिहान ओली निवास बालकोटमा भेटवार्ता तथा छलफल भएको हो । सो भेटवार्तामा दुबै नेताका बिचमा समसमायिक राजनीतिका विषयमा कुराकानी भएको जनाइएको छ ।

जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाइ धन्यवादसमेत दिएका थिए । जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै धन्यवाद दिएका चौधरीले ओलीले जेल जीवनका बारेमा स्मरण सुनाएका थिए ।

यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईलगायतसँग पनि भेटघाट गरेका थिए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ११ : ४६ बजे