१० बैशाख २०८३, बिहिबार Thu Apr 23 2026

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालद्वारा स्वयम्भुमा सरसफाइ कार्यक्रम



काठमाडौं । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालले काठमाडौंको स्वयम्भु परिसरमा सरसफाइ कार्यक्रम गरेको छ । प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ‘हाम्रो सम्पदा राम्रो सम्पदा’ अभियानमा एक्यबद्धतासहित स्वयम्भू परिसरमा सरसफाइ कार्यक्रम गरिएको हो ।

प्रतिष्ठानको स्वयम्भू परिसर सरसफाइ कार्यक्रममा प्रतिष्ठानका संरक्षक दुर्गा रायमाझी, अध्यक्ष रिता थापा मगर, सरसफाइ अभियानका संयोजक दीपक खड्का, सल्लाहकार कृष्ण कंडेल, इन्द्रेणी समूह, प्रतिष्ठानका कानुनी सल्लाहकार राधाकृष्ण पाठक, मानार्थ सदस्य मिना बज्राचार्य लगायत प्रतिष्ठानका सदस्य एबं पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सरसफाइ कार्यक्रमको संयोजन खड्काले गरेका थिए ।

प्रतिष्ठानले हरेक शनिबार सरसफाइ लगायत जनचेतनामूलक कार्यक्रम गर्दै आएको छन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  २ : २४ बजे