माघ ८, २०८१ मंगलबार Tue Jan 21 2025

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई लालपूर्जा वितरण



काठमाण्डौ । नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिका वडा नम्बर २ का भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुले जग्गाको लालपूर्जा पाएका छन् ।

५६ जना भूमिहीन दलित र ४९ जना भूमिहीन सुकुम्बासीहरु गरी एक सय पाँच जनालाई उनीहरु बसेकै ठाउँको जग्गाको लालपूर्जा वितरण गरेको राष्ट्रिय भूमिआयोग जिल्ला समिति नवलपरासी बर्दघाट सुस्ता पूर्वका सदस्य सचिव खिमलाल गौतमले जनाएका छन् ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा लालपुर्जा वितरण गरेको उनले बताए ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १२ : ५६ बजे