माघ ८, २०८१ मंगलबार Tue Jan 21 2025

कपिलवस्तुमा तस्करीको जालो तोड्दै सशस्त्र प्रहरी बल



कपिलवस्तु । कपिलबस्तु जिल्लामा सशस्त्र प्रहरीको तस्करी निस्तेज अभियान अन्तर्गत बर्तमान समयमा तस्करी शुन्य झै भएको छ।

ठूला, साना तस्करी गरी ल्याइएका अवैध सामग्रीलाई नेपाली सीमामा सशस्त्र प्रहरी बलले कडा निगरानी गर्दै धमाधम नियन्त्रणमा लिएपछि तस्करहरु गुप्तबास बसिसकेका छन् ।

सशस्त्र प्रहरी नम्बर २८ गण कपिलबस्तुका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० जीवन केसीले कमाण्ड सम्हालेयता तस्करी निस्तेज अभियान अन्तर्गत मातहतका जिल्लाभका बिओपी र बेसहरुले तस्कर र तस्करीको कडा निगरानी र छिटफुट ल्याउने साना अवैध समाग्रीलाई समेत बरामद गरिरहदा कपिलवस्तुका तस्करहरुले यतिबेला भन्सार तिरेर नै सामाग्रीहरु ल्याइएको पाइएको छ।

ु‘कपिलवस्तुमा सशस्त्र प्रहरीले तस्करविरुद्ध अपरेसन चलाईरहँदा ठूला तस्करहरु लगभग पलायन नै भएका छन् । खुला सीमा नाकाका कारण केही सनासाना अवैध सामग्री ल्याएपनि हाम्रो टोलीले ती समाग्रीसमेत बरामद गर्दै आएको छ,’ एसपी केसीले बताए।

एसपी केसीका अनुसार सशस्त्र प्रहरीको सचेतना अभियानले आजभोलि सर्वसाधारणले पनि भन्सार कर तिरेर सामाग्रीहरु ल्याउने गरिरहेका छन् ।

९३ किलोमीटर लामो सीमा रहेको कपिलवस्तुमा धेरै त्यस्ता नाकाहरु भएपनि जिल्लाभर सशस्त्र प्रहरीको गस्ती , अमुगमन तथा एसपी केसीले आफ्ना मातहतका युनिट कमाण्डरहरुलाई दिएको कडा निर्देशनले जुन नाकाबाट अवैध सामाग्री ल्याएपनि बरामद गरेपछि तस्करहरु नै बैकल्पिक बाटो रोज्दै अन्य व्यावसाय गर्न बाध्य बन्दै आएका छन् ।

कपिलवस्तुमा सशस्त्र प्रहरी एसपी केसी आफै भारतीय सशस्त्र सिमा बल ९एसएसबी० सँग तस्करी नियन्त्रणका विषयमा समेत अन्तरक्रिया गर्दै आएका छन। यतिमात्रै हैन एसपी केसीले ुएक रात बिओपी र एक दिन सीमा स्तम्भ निगरानीु गर्दै त्यहाँको बस्तुअवस्था बुझ्दै आएका छन् ।

कपिलवस्तुमा सशस्त्र प्रहरीको निगरानी बढ्दा सीमा हुने अपराध , लागूऔषध कारोबार, मानव बेचबिखन जस्ता जघन्य अपराध बन्द झै भएका छन् ।

एसपी भन्छन् ू हाम्रो कार्य सीमामा हुने अपराध , अवैध गतिविधि लगायत भन्सार राजस्व वृद्धि गर्नु पनि हो, हाम्रो टोलीले २४ सै घण्टा सीमामा निगरानी गर्दै आउँदा तस्करहरुको मनोबल कमजोर भएर पलायन नै भईसकेको अवस्था छ।ू

दुई दिनअघि मात्र लुकिछिपी भारतबाट अवैध सामाग्री ल्याउने क्रममा जिल्लास्थित मर्यादापुर बिओपीले सिद्दार्थनगर नगरपालिका वडा नं। ३ सेमरहवामा २ लाख रुपैयाँ बराबरको अवैध लत्ताकपडा एबम जुत्ताचप्पल बरामद गरेपछि तस्करी बन्द झै बनेको एसपी केसीले बताए ।

तस्करी निस्तेज अभियान अन्तर्गत सशस्त्र प्रहरीको सर्हानिय कार्यप्रति कपिलवस्तुमा व्यापारीहरु हर्षित बनेका छन् । उनीहरु भन्छन् ु खुला सीमाका कारण केहि मात्रा तस्करी भएपनि सशस्त्र प्रहरीको निगरानीले बरामद भइहाल्ने डरले तस्करहरु पलायन हुँदा राज्यलाई कर तिरेर समग्र व्यापार व्यावसाय गर्ने व्यापारीहरुलाई राहत मिलेको छ।ु

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : २२ बजे