२ बैशाख २०८३, बुधबार Thu Apr 16 2026

विमानस्थलको तारजाली काटिदिएको भन्दै बालेनलाई क्यानको सात दिने स्पष्टीकरण



काठमाडौँ।नगर प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तारजाली काटेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काडमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलगायत तीन जनालाई स्पष्टीकरण सोधेको छ ।

सिनामंगलस्थित विमानस्थल क्षेत्रमा पर्ने फेन्सिङ तारजाली काटेको विषयमा प्राधिकरणले मेयर बालेनसहित महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई स्पष्टीकरण सोधेको हो ।

उनीहरुलाई चित्तबुझ्दो लिखित स्पष्टीकरण दिन सात दिनको समय दिइएको छ । यस विषयमा चित्तबुझ्दो स्पष्टीकरण नआए उनीहरुलाई उडानमा प्रतिबन्ध लगाउन सकिने बताइएको छ । महानगरको नगर प्रहरी टोलीले बिहीबार विमानस्थलको तारजाली काटिदिएको थियो ।

कुनै पूर्वजानकारी र सूचना नदिई तारजाली काट्ने महानगरको कार्य कानूनविपरीत रहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : ०९ बजे