जेष्ठ ५, २०८१ शनिबार Sat May 18 2024

नेपाल बैंकमा जागिर खुल्यो



काठमाडौं । नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । छैटौँदेखि चौथो तहसम्मका पदका लागि बैंकले दरखास्त माग गरेको हो ।

खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्य नेपाली नागरिकले असार १ (आज) देखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ११ : १६ बजे