माघ ८, २०८१ मंगलबार Tue Jan 21 2025

सामाजिक सुरक्षा अन्तर्गतको बालपोषण भत्ता लाभग्राहीलाई सम्बन्धित वडाबाटै प्रदान गर्ने



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले वडा नम्बर १ देखि ७ सम्मको सामाजिक सुरक्षा भत्ताअन्तर्गतको बालपोषण भत्ता (बालबालिका भत्ता) लाभग्राहीलाई छिटोछरितो तारिकाले वितरण गर्ने बताएको छ ।

गाउँपालिकाले त्यसरी भत्ता पाउँदै आएका लाग्राहीले पाउने २०७९ साउदेखि २०७९ चैतसम्मको सामाजिक अन्तर्गत बालबालिका भत्ता खातामा जम्मा गरिसकेको बताएको छ ।

गाउँपालिकाले उक्त भत्ताको रकम एनआईसी एसिया बैंक बयलबास शाखामा खाताखोली जम्मा गरिसकेकाले छिटो भन्दा छिटो वितवरण गरिने जनाएको छ । सामाजिक सुरक्षा भत्ताअन्तर्गतको बालपोषण भत्ता (बालबालिका भत्ता) लाभग्राहीलाई सम्बन्धित वडाबाट वितारण गर्ने गाउँपालिकाले स्रचना प्रकाशित जानकारी गराएको छ ।

सो (बालबालिका भत्ता) लाभग्राहीले आफ्नै वडाबाट पाउने पनि गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ४ : २० बजे