माघ ७, २०८१ सोमबार Tue Jan 21 2025

अनामनगरको सरकारी जग्गामाथि महानगरले चलायो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको सार्वजनिक जग्गामा डोजर चलाएको छ । सोमबार बिहान अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयबीचमै विरोध सुरु भएको छ ।

एक पक्ष स्थानीयहरु वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरु सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन् । स्थानीयहरुबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त छ ।

सो ठाउँमा काठमाडौं महानगरपालिकाको २९ नम्बर वडाको वडा कार्यालय बनाउन भत्काउन थालेको छ । अहिले महानगरपाकिलाले स्थानीयको विरोधका बीच डोजर चलाइरहेको छ । स्थानीयहरुले भने काठमाडौं महानगरपालिकाको विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  १ : ३० बजे