बैशाख २१, २०८१ शुक्रबार Fri May 3 2024

कार स्कुटरको ठक्करबाट भारतमा एकै परिवारका चार नेपालीको मृत्यु



काठमाडौं । भारतमा कार र स्कुटरको ठक्करबाट एकै परिवारका चारजना नेपालीहहरुकोमृत्यु भएको छ । कञ्चनपुरको बनबासानजिकै पर्ने भारतीय बजार खटिमास्थित चकरपुरमा शनिबार दिउँसो कार र दुई स्कुटर एकआपसमा ठोक्किँदा चारजना नेपालीको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा कञ्चनपुरस्थित भीमदत्त नगरपालिका २ उल्टाखाम घर भई भारतको खटिमास्थित मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २७ वर्षीया बुहारीहर नर्मदा

चन्द र ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको जनाइएको छ । मृतकहरु एकै परिवारका सदस्य हुन् ।

नेपालमा पूजापाठ गरेर भारतको मुडेलीतर्फ दुईवटा स्कुटरमा फर्किरहेका उनीहरुलाई तीब्र गतिमा गुडिरहेको कारले ठक्कर दिएको र उक्त ठक्करबाट दुवै स्कुटरमा सवार रहेका चन्द परिवारका चारै जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । गम्भीरघाइते भएका उनीहरुलाई उपचारका लागि खटिमास्थित नागरिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ११ : ०० बजे