बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

सभापति देउवाले गरे पार्टीका नेता र कार्यकर्तालाई एक ढिका भएर अगाडी बढ्न आग्रह



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन आग्रह गरेका छन् । सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन समेत प्रतिवद्ध रहेको शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै बताए ।

प्रजातन्त्रलाई संकटमा आउन नदिन नेपाली कांग्रेसलाई बलियो बनाउन सबै एक ढिका भएर लाग्नुपर्ने सभापति देउवाले बताए । आगमी दिनमा प्रजातन्त्रमाथि कहिल्यै पनि संकट नआउनेगरि कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान सञ्चालन गर्न सिङ्गो पाटीलाई पनि सुझाव दिएका छन् ।

सभापति देउवाले २००७ सालदेखि लडदै आएको पार्टीको अवस्था सुधार्नका लागि ग्रासरुट, गाउँ, वडा र टोलसम्म पुर्याएर मात्रै यो पार्टी बलियो हुने र नेपालमा फेरि प्रजातन्त्रमा संकट नआउने बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ५ : ४० बजे