बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु



कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका( ५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ।

स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको ट्र्याक्टरमा गिट्टी बालुवा लोड गर्ने क्रममा जेसिबीको स्टेप्लाइजरले च्यापिएर गम्भीर घाइते भएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्रखनालले जानकारी दिए ।

शुत्रबार बिहान १० बजे कालीगण्डकी करिडोरको सेतीबेनी–मिर्मी सडक खण्डअन्तर्गत गल्याङ नगरपालिका–५ जोगिमारास्थित ठूलोखोलामा दुर्घटना भएको खनालले जानकारी दिए । घाइते क्षेत्रीको मिर्मीस्थित कालीगण्डकी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

क्षेत्री २०७४ सालको स्थानीय तहको निर्वाचनमा गल्याङ नगरपालिका–५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ५ : ३६ बजे