चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन



महेन्द्रनगर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।

करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत डा साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित छन् ।

उपकुलपति साहको काठमाडौंमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो । उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत हुन् । डा. साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ११ : ०१ बजे