बैशाख १२, २०८१ बुधबार Thu Apr 25 2024

चाँगुनारायणका नगर प्रमुख खत्रीले सार्वजनिक गरे, एक वर्षे कार्यकालको प्रगति विवरण



काठमाडौं । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले निर्वाचनपछको एक वर्षे कार्यकालमा गरिएका विकास र संमृद्दिको मार्गचित्र बनाएर अघि बढेको बताए बताएका छन् ।

नगर प्रमुख खत्रीले जनप्रतिनिधिको एक वर्षे कार्यकालको प्रगति समीक्षा,आवधिक योजनाको मस्यौदा र नीति कार्यक्रम तथा बजेट निर्मणका लागि सुझाव संकलन कार्यक्रम सम्पन्न भएको बताएका हुन् । नगरपालिकाले निर्वाचनपछिको एक वर्षको प्रगति समिक्षा, प्रथम पञ्चवर्षीय आवधिक योजनाको मस्यौदाको प्रस्तुतीकरण,आर्थिक वर्ष २०८०र०८१ को नीति कार्यक्रम तथा बजेट निर्मणका लागि सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको हो ।

नगर प्रमुख खत्रीले सुखी नगरबासी र संमृद्द नगरपालिका निर्माण मुख्यत प्राथमिकता रहेको बताएका छन् । उनले आफू निर्वाचित भएर आएपछि पहिलो काम नै मनोहरा नदी कटान नियन्त्रणका लागि करिडोर निर्माणको सुरू गरेको स्मरण गर्दै कटान नियन्त्रणका लागि करिडोर निर्माण गरि उक्त समस्या पूर्ण रूपमा समाधान गर्ने बताएका छन् । नगर प्रमुख खत्रीले चुस्त दुरूस्त सेवा प्रवाह, सुशासनमा जोड दिदै सडक, ढल, शुद्ध खानेपानी,स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र आयआर्जन बृद्धि मुख्यत प्राथमिकता राखेर अघि बढेको स्पष्ट पारे ।

नगरपालिकाले एक वर्षको अवधिमा ५ वटा एैन र १० वटा कार्यविधि निर्माण गरि कार्यन्वयनमा ल्याएको मेयर खत्रीले बताए । एक वर्षको अवधिमा ५.८ किलोमिटर सडक कालोपत्रे, ५.६ किलोमिटर सडक स्तरोन्नति र ५ वटा कल्भट निर्माण गरिएको उनको जोड छ । खानेपानी सहजताका लागि तीन स्थानमा डिप बोरिङ र तीनलाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरिएको पनि नगर प्रमुख खत्री स्पष्ट पारे ।

नगरबासीका लागि स्वास्थ्य बिमा, कृषकको प्रोत्साहनका लागि पशु विमाको व्यवस्था मिलाएको,शिक्षामा गुणस्तरीय शिक्षाका लागि शिक्षण सहयाता कार्यक्रमको सुरूवात गरिएको, विधालय खाजा खर्च वृद्ध र नगरबासीलाई निस्शुल्क रगतको ब्यवस्था गरिएको मेयर खत्रीले बताए । सामुदायिक र संस्थागत विधालयका छात्राहरूलाई निस्शुल्क सेनिटरी प्याड वितरणा गरिएको उनले जानकारी दिए ।

आगामी वर्ष आझ उत्कृष्ट कार्यक्रम ल्याउने उनले बताए । समुदायिक नगरको दिगो विकासका लागि ५ वर्षे प्रथम आवधिक योजना निर्माण भइसकेको र मध्यकालीन खर्च संरचना तयारी भइरहेको उनले जानकारी दिए । यी उपलब्धि जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त प्रयासबाट संभव भएको नगर प्रमुख खत्रीले बताए ।

नगर उपप्रमुख रमेश बुढाथोकीले एक वर्षको अवधिमा दवावविहिन ढंगले न्याय सम्पादन र प्रभावकारी अनुगमन गरेको बताए । मपदण्ड अनुरूप योजना सम्पन्न गराउन र गुणस्तरीय काम गराउन नगरपालिकाले प्रभावकारी भूमिका खेलेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।सामाजिक विकास शाखा प्रमुख निला घिमिरेले एक वर्षको सम्पादित कार्यप्रगति प्रस्तुत गरेकी थिइन् । नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर ८ का वडाध्यक्ष जनक खत्रीले कार्यक्रमको सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ९ : ४७ बजे