कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

सार्वजनिक सम्पति तोडफोड तथा आगजनी गर्ने दोषीलाई कारबाहीको दायरामा ल्याउन गाउँपालिकाद्वारा माग



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा हिजो केही उच्छृंखल युवाहरूले सार्वजनिक सम्पत्तिमाथि तोडफोड ढुंगामुढा, आगजानी तथा कार्यलय सहयोगीमाथि हातपात गरी कार्यलय भित्रै थुनेका थिए ।

यसरी ती उच्छृंखल युवाहरुले सार्वजनिक सम्पत्ति तोडफोड गर्नुका साथै कार्यलय सहयोगीलाई समेत कुटपिट गरी कार्यालयभित्रै थुन्ने जस्ता अराजनीतिक र अराजनीतिक क्रियाकलापप्रति प्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण बताइएको छ ।

बिना कारण सरकारी कार्यालयमा पसी सार्वजनिक सम्पत्ति तोडफोड गर्नुका साथै कार्यालय सहयोगीमाथि गरिएको आक्रमणप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिसमेत जारी गरिएको छ ।

ढुंगामुडा तथा आगजनी गरी सार्वजनिक सम्पत्ति नष्ट गर्ने दोषीलाई तत्काल खोजी गरी कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गाउँपालिकाद्वारा विज्ञप्तिमा गरिएको छ ।

सकारी कार्यालयमा बिना कारण प्रवेश गरी सार्वजनिक सम्पत्ति नष्ट गर्नेहरु दोषीमाथि छिटोभन्दा छिटो छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने गाउँपालिकाको माग छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ५ : ४० बजे