५ बैशाख २०८३, शनिबार Sun Apr 19 2026

राजनीतिज्ञले जनताको आस्थालाई अपमान गर्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू धर्मनिरपेक्षवादी भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा राज्यले कुनै धर्मलाई नजिक र टाढा बनाउन नहुने बताए ।

‘म सिद्धान्त र प्रष्ट म धर्मनिरपेक्षवादी हुँ । सबै धर्मलाई सम्मान मान्यता दिनुपर्छ । राज्यले कुनै धर्मलाई नजिक र कुनै धर्मलाई टाढा बनाउन हुँदैन भन्ने पक्षको हुँ म’, प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्ने बताउँदै कुनै पनि पार्टी, नेता र राजनीतिज्ञले जनताको धार्मिक आस्थालाई अपमान गर्नु नहुने बताए ।

‘जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ । जुनसुकै धर्म सम्प्रदायको जनताामा पनि उनीहरुको आस्थालाई अपमान हुने काम चाहिँ पार्टीहरुले नेताहरुले, राजनीतिज्ञले गर्नु हुँदैन मान्यतामा पनि म दृढ छु’, प्रधानमन्त्री प्रचण्डले भने ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ५ : ०३ बजे