चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

सरकारद्वारा प्रस्तुत बजेटमाथि जसपाले अन्तरक्रिया गर्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारद्वारा प्रस्तत २०८०⁄०८१ को बजेटमाथि अन्तरक्रिया गर्ने भएको छ ।टेकुस्थित मसला कटेज रेष्टरेन्ट एण्ड ब्याङ्क्वेटमा आज दिउँसो ४ बजेदेखि अन्तरक्रिया कार्यक्रम सुरु हुने छ ।

नेपाल बौद्धिक पेसाकर्मी महासङ्घको आयोजनामा हुने अन्तरक्रियामा पार्टीका नेताहरु र आर्थिक विषयका जानकारहरुको सहभागिता रहने जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ९ : ४१ बजे