बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

चन्द्रनगर गाउँपालिकाद्वारा कर्मचारीका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जेठ २० र २१ गत कर्मचारीको संस्थागत क्षमता अभिवृद्धिको लागि विशेष कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा कर्मचारीमा संस्थागत सोमूल्याङ्कन तथा वित्तीय सुशासनको क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । यस्ता कार्यक्रमले कर्मचारी र जनप्र्रतिनिधिबीच समन्वयकारी भूमिका निर्वाह गर्न सहज हुने गाउँपालिकाले बताएको हो ।

त्यसका लागि गाउँपालिकाले जेठ २० र २१ गते सम्पन्न गरेको दुईदिने कार्यक्रमले कर्मचारीहरुमा संस्थागत क्षमता अभिवृद्धि गरी जनमैत्री भावना जाग्ने आशा लिएको छ । दुईदिने सो कार्यक्रमले कर्मचारीमा संस्थागत सोमूल्यााङ्कन, वित्तीय सुशासनको थालनी हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले जनतामैत्री वातावरण सिर्जना गर्न उक्त कार्यक्रम आयोजना गरिएको जनाइएको छ । यसले कर्मचारीमा कार्यकौशल बढ्ने सर्वसाधारणको पहुँचमा काम हुने पनि गाउँपालिकाको ठम्याइ छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ७ : ४४ बजे