१० असार २०८३, बुधबार Thu Jun 25 2026

स्थगित प्रतिनिधि सभा बैठक २२ गतेका लागि तय



काठमाडौं । राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई लिएर एमालेसहितका प्रतिपक्षी दलको अवरोधपछि आइतबार एक घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः २२ गते सोमबार बिहान ११ बजे बस्ने गरि तय भएको छ ।

स्थगित बैठक सोही समयमा बस्न नसकेपछि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखले प्रतिनिधि सभाको अर्को बैठक जेठ २२ गते विहान ११ बजेका निर्धारण गरिएको प्रतिनिधि सभा सचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ६ : २२ बजे