बैशाख ११, २०८१ मंगलबार Wed Apr 24 2024

यसमा सबैको साथ सहयोग र सृजनात्मक पृष्ठपोषण प्राप्त हुने बिस्वास लिएका छौं : अध्यक्ष महतो



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट कार्यान्वयन गर्ने गरी पेश गरिएका योजनाहरु मध्ये छनौट गरिएका योजना कार्यक्रम र विनियोजित बजेटको विवरण आर्थिक वर्ष २०८०÷८१ मा राष्ट्रिय योजना आयोग, समपुरक तथा विषेश अनुदान मार्फत तपसिल बमोजिम रहेको जानकारी गराइएको छ ।

सो कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा योगदान गर्ने सबैमा गाउँपालिकाले हार्दिक आभार व्यक्त प्रकट गरेको छ ।

यसमा राष्ट्रिय योजना आयोगको अग्रज, मन्त्रालयका प्रतिनिधि तथा गाउँपालिकाका जनप्रतिनिधिहरुलाई डिपिआर तयार गर्न सहयोग गरेको भन्दै गाउँपालिका अध्यक्ष राजकुमार महतोले आभार प्रकट गरेका हुन् ।

त्यस्तै अध्यक्ष महतोलेउक्त कार्यको लागि परामर्श विज्ञ एवम पालिकाका प्राविधिक टिमलाई पनि धन्यवाद दिएका छन् ।

गाउँपालिका अध्यक्ष महतोले भनेका छन्, ‘मानव पुँजीको वृद्धि गर्न सामाजिक सांस्कृतिक आर्थिक विकास र भौतिक पुर्वाधार विकासको महायात्रामा अझै लामो यात्रा तय गर्नु पर्नेछ ।

यसमा सबैको साथ सहयोग र सृजनात्मक पृष्ठपोषण प्राप्त हुने बिस्वास लिएका छौ ।’ स्थानीय जनप्रतिनिधिमा अब्बल काम गर्दै आएका अध्यक्ष महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिकामा थुप्रै नमुना कामहरु गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ५ : ०३ बजे