३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता



काठमाडौं । भारत भ्रमणमा निस्कनु केही घन्टाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारी र प्रधानमन्त्री प्रचण्डबिच भेटबार्ता भएको हो । भेटबार्ता जारी छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले बुधवार बिहानै बालुवाटार पुगेका हुन । उनीहरु हिजो राती मात्रै सिंगापुर एयरलाइन्सबाट काठमाडौं आइपुगेका हुन्।

भारत भ्रमणमा निस्कनु केही घन्टाअघि चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँगको छलफललाई अर्थपुर्ण रुपमा लिईएको छ । तर, भेटघाटमा के भयो रु त्यो भने अझै बाहिर आएको छैन ।

गत चैत १४–१७ सम्म चीनको राजधानी बेइजिङमा भएको ‘बोआओ फोरम फर एसिया’को निम्तो अस्विकार गर्र्दै अनुपस्थित भएका प्रधानमन्त्री प्रचण्ड आज दिउँसो १ बजे भारत जाँदैछन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ११ : ०२ बजे