बैशाख ४, २०८१ मंगलबार Tue Apr 16 2024

४४ सार्वजनिक संस्थानलाई उन्छिदै विद्युत् प्राधिकरण एक नम्बर नाफामा



काठमाडौं । सरकारी स्वामित्वमा रहेका विभिन्न ४४ वटा सार्वजनिक संस्थानलाई पछि पार्दै नेपाल विद्यत् प्राधिकरण एक नम्बर नाफा कमाउनेमा दहरिएको छ । गत आवमा ३१ प्रतिशत नाफा कमाएको प्राधिकरणले २०७८÷७९ सम्मको सञ्चित नाफा २४ अर्ब रुपैयाँ पु¥याएको छ । प्राधिकरणले एक वर्षमै १३ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको छ । संस्थानले पछिल्लो ५ वर्षमा लगातार नाफा कमाउँदै गएको छ ।

प्राधिकरणपछि दोस्रो धेरै नाफा कमाउने संस्थामा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ । उसको सञ्चित नाफा ४५ अर्ब रुपैयाँ रहेको छ ।

टेलिकमले गत आर्थिक वर्षमा ८ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको हो। टेलिकम पनि सरकारको वर्षेनि नाफा कमाउने संस्थामा पर्छ । यद्यपि, यसको पछिल्लो ५ वर्षको तथ्यांकलाई हेर्दा नाफा घट्दै गएको देखिएको छ । ५ वर्ष अगाडि एकै वर्ष १७ अर्ब नाफा गरेको टेलिकमले गत वर्ष अघिल्लो वर्ष ७ अर्ब मात्रै नाफा कमाएको थियो ।

सरकारको स्वामित्वमा संचालनमा रहेका संस्थानमध्ये सबैभन्दा बढी घाटा हुनेमा नेपाल आयल निगम रहेको छ । यसले गत आर्थिक वर्ष २०७८र७९ सम्मको सञ्चित नोक्सानी १७ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । नेपाल वायुसेवा निगमको समेत सञ्चित नोक्सानी १५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

नेपाल वायुसेवा निगम पछिल्लो चार वर्षदेखि निरन्तर घाटामा सञ्चालनमा छ । यो संस्थाको गत आवको घाटा १ अर्ब ७० करोड रुपैयाँ छ । यसको अघिल्लो वर्ष ३ अर्ब ६६ करोड घाटा थियो ।

निगमले पछिल्लो दुई वर्षमा घाटा कम गर्दै गएको भए पनि जहाज किन्न लिएको ऋण र अपेक्षाअनुसार बढ्न नसकेको आम्दानीका निगम घाटामा चलिरहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ७ : १७ बजे