बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

भारत भ्रमणमा जानु अघि प्रधानमन्त्री प्रचण्डले सामुहिक छलफल गर्दै



काठमाडौं । भारत भ्रमणमा जानु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुहिक छलफल गर्ने भएका छन् ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा दुई चरणमा सामुहिक छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार पहिलो चरणमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शिर्ष नेता, पूर्व परराष्ट्र मन्त्रीलगायतसँग छलफल गर्नेछन् । उक्त छलफल २ बजेबाट सुरु हुनेछ ।

उनका अनुसार दोस्रो चरणमा कुटनीतिक परामर्श गर्नेछन, जुन छलफलमा पूर्वपरराष्ट्र मन्त्रीहरु तथा भारतका लागि पूर्वनेपाली राजदुतसँग छलफल हुनेछ । दोस्रो छलफल ३ः३० बजे हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदैछन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ११ : १६ बजे