बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

सांसदका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सहमतिप्रति शेखर कोइरालाले जनाए आपत्ति



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सांसदका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन प्रमुख तीन दलका नेताले गरेका सहमतिप्रति आपत्ति जनाएका छन् । शीर्ष नेताले गरेका सहमतिलाई संसद् सचिवालयले सोहीअनुरुप गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

प्रतिनिधिसभा बैठकमा माओवादी सांसद राजन दाहालले केपी ओली प्रधानमन्त्री हुँदा पशुपति मन्दिरको सुनको जलहरीमा भ्रष्टाचार भएको भन्दै अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्ति हटाउन भन्दै एमालेले संसद् अवरोध गरेपछि शनिबार प्रधानमन्त्र िपुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले त्यस्तो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सहमति भएको थियो । र, शनिबार बसेको संसद् बैठकले सो रेकर्ड हटाएको थियो । सोही विषयप्रति कांग्रेस नेता कोइरालाले आपत्ति जनाएका हुन् ।

उनले संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला, तर यो देशमा आमजनता, नागरिक समाज तथा सञ्चार जगत पनि छन् भन्ने कुरा बुझ्न आग्रह गरेका छन् ।

‘कस्तो विडम्बना १ संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियततासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोहीअनुरुप कार्य गर्ने । सांसदका हरेक अभिव्यक्ति तार्किक निश्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिंदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र रु हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं । के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो रु संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छन भन्ने कुरा बुझौं,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ११ : १४ बजे