चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

समाजसेवी गुप्ताद्वारा गढीमाई मन्दिर निर्माण



काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. ४ गढाटोलमा गढीमाई मन्दिर निर्माण गरिएको छ ।

सो गढीमाई मन्दिर भारतको सितामढी जिल्लास्थित सुरसंढ बस्ने समाजसेवी अशोक प्रसाद गुप्ताले आफनो व्यक्तिगत खर्चमा निर्माण गरेका हुन् ।

उक्त मन्दिर निर्माणको लागि गुप्ताले व्यक्तिगत रुपमा लाखौं लगानी गरेको बताइएको छ । समाजसेवी गुप्ताले आफनो व्यक्तिगत खर्चमा मन्दिर निर्माण गरी हिन्दु परम्परा अनुसार गढीमाईको मुर्ति स्थापना गरेका छन् ।

भारतबाट आएर नेपालमा आई मन्दिर निर्माण गरेर हिन्दू परम्पराअनुसार गढीमाईको मूर्ति स्थापना हिन्दू धर्मावलम्बीहरुको सम्मान गरेकोमा चन्द्रनगर नगरपालिकावासीले उनलाई धन्यवाद दिएका छनु ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ३ : ५१ बजे