चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि जवाफ दिँदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि सोधेका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको बैठक ११ बजे बोलाइएको छ ।

बैठकको सुरुमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ । त्यसपछि प्रधानमन्त्री प्रचण्डले छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय गरिएको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भइसकेको छ । प्रतिनिधिसभाबाट पारित भएपछि मात्र सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउन बाटो खुल्ने छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  १० : ०४ बजे